काठमाडौ । स्वास्थ्य सचिव डा पोखरेलले प्रत्येक १५ बेडको अस्पतालमा एक डेन्टल सर्जन राख्नुपर्ने नितिको आवश्यकता रहेकोे बताए। बिश्व मुख स्वास्थ दिवसको अवसरमा नेपालमा मुख स्वास्थ्य सेवाको वर्तमान अवस्था र चुनौतिहरु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
आगामि दिन मा दात उपचारको जिम्मेवारी मेडिकल अफिसर लाइ दिनु नहुने मा पोखरेलको जोड थियो। कार्यक्रम मा आफ्नो मन्तब्य राख्दै नेपाल डेन्टल एसोसिएसन का अध्यक्ष डा सुचित मास्केले हाल सरकारि निकायहरुमा ८२ जना मात्रै दन्त चिकित्सकहरुको दरबन्दी हुनु दुखद रहेकोे बताए ।
बिश्व स्वास्थ्य संगठनको कार्यक्रम अन्तर्गत नसर्ने रोग हरुको सुचिमा दन्त स्वास्थ्य सेवालाइ रखिनुपर्ने नेपाल मेडिकल काउन्सिलका सदस्य डा प्रेवित पोखरेल को धारणा थियो ।
कार्यक्रममा बोल्दै नेपाल चिकित्सक संघका अध्यक्ष अनिल बिक्रम कार्किले सरकारले मुख क्यान्सर स्क्रीनिङ कार्यक्रम लाइ आफ्नो निति भित्र समाबेश नगर्नु दुखद भएको बताए । उनले स्वास्थ्य क्षेत्रमा गैर स्वास्थ्यकर्मीको प्रवेश हुन नहुनेमा जोड दिए ।