काठमाडौं । सरकारले हेटौडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरको जिम्मेवारी डा.सुरेन्द्र शेरचनलाई दिएको छ ।
प्रतिष्ठानका यस अघिका रेक्टर डा.सतिस कुमार देवले राजीनामा दिएसँगै रेक्टरको पद खाली थियो ।
डा.शेरचनलाई उपकुलपति डा विश्वराज जोशीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल र स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ तथा श्रम रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठले सोमबार शपथ खुवाएका हुन् ।