काठमाडौं । नेपाल चिकित्सक संघले निजामती कर्मचारी अस्पतालमा चिकित्सक नियुक्तिमा तहगत घटुवा भएको भन्दै आपत्ती जनाएको छ । संघले अस्पतालले एमडी एमएस र एमडिएस चिकित्सकहरुको स्थानमा आठौं तहका चिकित्सकको नियुक्ति गर्न लागिएको भन्दै आपती जनाएको हो ।
स्थायी नियुक्तिका सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै संघले विज्ञप्ती जारी गरेको हो । अस्पालले गत फागुन ३० गते कर्मचारी परिपूर्तिका लागि सुचना जारी गरिएकोमा आपत्ती जनाएको हो।
अस्पतालले जारी गरेको विज्ञापन अनुसार एमडी एमएस र एमडिएस पास भइसकेका चिकित्सकलाई पनि मेडिकल अफिसरका रुपमा आठौं तहमा लिन खोजिएको थियो । अस्पतालको उक्त कार्य गरैकानुनी भएको ठहर गर्दै चिकित्सक संघले आपती सहित विज्ञप्ती जारी गरेको हो । विज्ञापनले स्वास्थ्य सेवा ऐन २०५३ र कार्यविधि २०५५ को दफा ८ को उप
दफा १ को खण्ड च र छ को धज्जी उठाएको छ ।