काठमाडौं । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सोमबार राति जिल्लाको जोशीपुर गाउँपालिका–७ हजारीबारा भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा परि २८ जना घाइते भएको प्रहरीले जनाएको छ ।
सुगरखालबाट भजनी नगरपालिका-९ कुणी तर्फ आईरहेको चालक सुरज चौधरीले चलाएको से १ त ८८७० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई पल्टिदा ट्याक्टरमा सवार २ जनाको मृत्यु भएको र २८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदीप चन्दले जानकारी दिए ।
मृत्यु हुनेमा भजनी नगरपालिका-९ की अन्दाजी १४र१५ बर्षीया चाहाना चौधरी र सोही ठाउँकी अन्दाजी ४५र४६ बर्षीया दिलरानी चौधरी रहेका छन् ।