काठमाडौं । शरीरका हरेक अंगलाई फाइदा पुर्याउने स्वास्थ्यवर्धक जडिबुटी हो बेसार। यसका फाइदा अनगिन्ती छन्। खासगरी तरकारीमा मसलाको रुपमा प्रयोग गरिने बेसारले औषधिको काम गर्छ। त्यसैले एन्टिबायोटिक बनाउँदा समेत बेसारको प्रयोग गरिन्छ।
लामो समयदेखि ग्यस्ट्रिकको शिकार भइरहेका बिरामीलाई बेसारको नियमित सेवनले पूर्ण रुपमा फाइदा पुर्याउँछ।
बेसारले खप्नै नसकिने गरी पोलेका र दुर्घटनामा परेर अप्रेसन गर्नुपर्ने बिमारीलाई समेत पेनकिलरको रुपमा फाइदा पुर्याएको हुन्छ। गाउँघरतिर आलो घाउमा बेसारको धुलो हाल्नुको वैज्ञानिक कारण पनि यही हो।
बेसारले मानव शरीरको डिएनए क्षति हुनबाट जोगाउन विशेष भूमिका खेलेको हुन्छ।
विभिन्न मेटलबाट शरीरमा फैलिने विषादिबाट बेसारले जोगाउने काम गर्छ। शरीरमा लागेको चोटपटक छिटोभन्दा छिटो निको पार्न बेसारले प्रमुख भूमिका खेलेको हुन्छ।
पेटसम्बधी यावत रोगको निदान गर्न बेसारले मद्दत पुर्याउँछ। हड्डीमा हुने सम्पूर्ण समस्यालाई बेसारले फाइदा गर्छ।
मांसपेशीमा हुने विभिन्न पीडालाई बेसार सेवनले केही हदसम्म कम गर्छ। रक्तअल्पतालाई पनि बेसारले फाइदा पुर्याउँछ।
बेसारको नियमित प्रयोगले डिप्रेसन अर्थात् मानसिक चिन्ताको शिकार हुनबाट जोगाउँछ। बेसारको प्रयोगले स्मरण शक्तिमा वृद्धि गर्छ।
कुनै अप्रिय घटनाको झट्काबाट बाहिर निस्कन विशेष मद्दत पुर्याउँछ। बेसारको प्रयोगले आँखामा हुने विभिन्न संक्रमणबाट जोगाउन मद्दत गर्छ।