काठमाडौं । दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। नेपालगञ्जबाट दैलेख जाँदै गरेको मनकामना ग्यास बोकेको भे १ ख २२०१ नम्बरको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार बिहान करिब ८ बजेर ४० मिनेटमा गुराँस गाउँपालिका–४ तालपोखरीमा सिलिन्डर बोकेको ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
उक्त ट्रकमा सवार चार जनामध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । ट्रक सडकदेखि अन्दाजी १५० मिटर तल अर्को सडकमा खसेको थियो ।
सडकमा ‘साइड’ लगाएर ओट लगाउने क्रममा ट्रक पल्टिएको थियो । दुर्घटनामा चालकसहित तीनजनाको मृत्यु भएको र सहचालक सकुशल थिए ।