काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गुुट्खाजन्य पदार्थको बिक्रीवितरणमा रोक लगाइएको छ ।
कानुन विपरीत गुुट्खाजन्य पदार्थको बिक्री वितरण गरेमा ५० हजारसम्म जरिवाना हुने नगरपालिकाले जनाएको छ । गुुट्खाजन्य पदार्थका कारण नगरवासीहरुमा पर्ने नकारात्मक असरबाट बच्नका लागि नगरपालिकाले यस्तो निर्णय गरेको हो ।
नगरपालिकाले जरिवानाका लागि विभिन्न दररेट कायम गरेको छ । डिलर व्यवसायीहरुलाई पहिलो पटक १० हजार, दोस्रो पटक २० हजार र तेस्रो पटक ५० हजार रुपैयाँ जरिवाना तोकेको छ । यस्तै अन्य व्यवसायीहरुलाई पहिलो पटक १५ सय, दोस्रो पटक ३ हजार र तेस्रो पटक ५ हजार रुपैयाँ जरिवाना तोकिएको हो ।
