काठमाडौं । केन्द्रीय कारागार अस्पतालले इर्मेजेन्सी सेवा संचालनमा ल्याएको छ । अस्पतालले इर्मेजेन्सी सहित मानसिक कक्ष, अस्पताल फार्मेसी, तथा एम्बुलेन्स सेवा गरी थप चार सेवाको विस्तारको गरेको हो ।
अस्पतालमा विस्तारको भएको १० बेडको मानसिक स्वास्थ्य सेवा सहित अन्य सेवाको उद्घाटन गृह सचिव बिनोद प्रकास सिंहले गरेका हुन् । उनले अस्पालमा संचालनमा रहेका अन्य विभागहरुको अनुगमन समेत गरेका थिए ।
उद्घाटनको क्रममा आफ्नो मन्तव्य राख्दै उनले कारागार अस्पताल सधै सरकारको प्राथमिकता पर्ने समेत बताए । कार्यक्रममा बोल्दै अस्पताल निर्देशक डा.प्रकाश बुढाथोकीले उद्घाटन गरिएका सेवाहरु चाँडे नै सञ्चालनमा आउने बताए।
गृह मन्त्रालयका सहसचिव तथा प्रबक्ता जितेन्द्र बस्नेत, अस्पतालकी शाखा अधिकृत रमा घिमिरे, कारागार कार्यालय काठमाडौँका कारागार प्रशासक ललित बस्नेत नेपाल प्रहरी अनाश्रित गुल्म लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।