काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका आवासीय चिकित्सक आन्दोलित भएका छन् । २ साताका लागि काम गरिरहेका चिकित्सकलाई निलम्बित गरिएपछि चिकित्सकहरु आन्दोलित भएका हुन् ।
केएमसीका आवासीय चिकित्सकहरुले यसअघि नै माग पुरा गर्नका लागि ४८ घन्टाको अल्टिमेटम दिएका थिए । आफूहरुले दिएको समयावधिमा पनि माग पुरा नभएपछि आन्दोलन गर्न बाध्य भएको आवासिय चिकित्सकहरुको दाबी छ ।
काममा लापरवाही गरिएको भन्दै ड्युटीमा नै रहेको समयमा चिकित्सकलाई निलम्बन गरिएको थियो । अस्पतालले यसमा एकतर्फी निर्णय गरेको भन्दै चिकित्सकहरु आन्दोलित भएका हुन् ।