काठमाडौं । मधेस प्रदेशका १२ प्रतिशत जनसंख्या अझै पनि शौचालयको पहुँच बाहिर रहेका छन् ।
आज सार्वजनिक भएको राष्ट्रिय जनगणनाको तथ्यांकले नेपालको मधेस प्रदेश शौचालय प्रयोगको दृष्टिले पिछडिएको तथ्यांक सार्वजनिक गरेको हो । नेपालभरका ४।५ प्रतिशत परिवार अझै पनि शौचालयको पहुँच बाहिर रहेका छन् ।
नेपालको बाग्मती र गण्डकी प्रदेश शौचालय प्रयोगले हिसाबले अगाडि देखिन्छ । यहाँका १ प्रतिशत भन्दा कम जनसंख्या मात्रै शौचालयको पहुँचमा छैनन् ।