काठमाडौं । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकाको जनसंख्या दोब्बरले बढेको छ ।
केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार विं सं २०६९ सालको जनसंख्याको तुलनामा विं सं २०७९ मा कागेश्वरी मनहरा नगरपालिकाको जनसंख्या दोब्बरले बढेको हो ।
विं सं २०६८ मा ६० हजार २३७ रहेको यहाँको जनसंख्या २०७८ मा १ लाख ३० हजार ४३३ पुगेको छ ।यहाँको जनसंख्या वृद्धिदर ७.४१ रहेको छ ।