दमौली । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा अवस्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले पछिल्लो समययता विभिन्न स्वास्थ्य सुविधा थप गर्दै गएको छ ।
दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रूपमा स्थापना गर्न सरकारले ०६७ सालमा पूर्वप्रधानमन्त्री स्व.गिरीजाप्रसाद कोइरालाका नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।
सोही ठाउँमा रहेको सेतीगंगा सामुदायिक अस्पतालको स्वामित्व ०७५ सालमा उपचार केन्द्रलाई हस्तान्तरण गरिएको थियो ।
हाल उपचार केन्द्रको नाममा ७ सय ४० रोपनी जग्गा प्राप्ति भइसकेको छ । जनतालाई सहजरूपमा सबै प्रकारका स्वास्थ्य सेवा दिने उद्देश्यसहित सुविधा विस्तार गरिएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले बताए ।