काठमाडौं । नेपाल नर्सिङ संघले बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा पुन विज्ञापन गर्न माग गरेको छ ।
संघकी अध्यक्ष मनकुमारी राईले विज्ञप्ती जारी गर्दै अस्पतालको जनशक्ति मागको सुचनाले कर्मचारीहरुको मनोबल गिराएको भन्दै आपत्ती जनाएकी छन् ।
उनले संघको माग बमोजिम पुन विज्ञापन नगरिएमा आन्दोलनका कार्यक्रम गरिने चेतावनी समेत विज्ञप्ती मार्फत् दिएकी छन् ।
