काठमाडौं । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको पदोन्नती नतिजामा चलखेल भएको आरोप स्वास्थ्यकर्मी संघले लगाएको छ ।
राजनीतिक आस्थाका आधारमा पूर्वाग्रह राखी नतिजा प्रकाशन गरिएको भन्दै संघकी सचिव शुसीला अधिकारीद्वारा विज्ञप्ती जारी गरिएको हो ।
विगत देखिनै गलत मनसायले राजनैतिक आस्थाको आधारमा तथा व्यक्तिगत रिसको आधारमा कुनै पनि किसिमको कारबाही नभएको कर्मचारीहरूलाई सिनियरिटीको अंक माथि हुँदाहुँदै पनि कार्य सम्पादन मुल्याङ्कनमा न्यूनतम अंक तथा न्यूनतम अंक भन्दा पनि कम अंक दिई कर्मचारीहरू बढुवा हुनबाट बन्चित हुनु परेको तथ्य विज्ञप्तीमा उल्लेख छ ।