काठमाडौं । सबैभन्दा कान्छी तथा राष्ट्रिय स्वतन्त्र पाटीकी सांसद निशा डाँगीले झापाको भद्रपुरस्थित मेची अस्पतालको उचित व्यवस्थापन हुनुपर्ने बताएकी छिन् ।
आइतबारको प्रतिनिधी सभाको बैठकमा बोल्दै सांसद डांगीले मेची अस्पतालमा सरकारी दरबन्दी ४० प्रतिशत भन्दा खाली रहेको तथ्य उल्लेख गरेकी छन् । उनले अस्पतालको उचित र नियमित सञ्चालनको लागि समयमा अनुगमनको टोली खटाएर अस्पतालको व्यवस्थापनमा पहल गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी हुन् ।
नयाँ बनेको अस्पतालमा भवनको निर्माण म्याद सकिएको ७ महिना भइसक्दा पनि हस्तान्तरणको प्रक्रिया अगाडि समेत बढाइएको छैन । भएको पुरानो भवनमा पनि आंशिक रुपमा क्षतिग्रस्त उनले भनिन् ।
उनका अनुसार अस्पतालमा नत सरसफाईको काम राम्रोसँग हुन्छ नत जनताहरुले राम्रोसँग स्वास्थ्य सेवा पाइरहेका छन् । अस्पतालमा रहेका यी समस्याको प्रत्यक्ष असर त्यहाँका जनताको स्वास्थ्य सेवामा परिरहेको धारणा उनको थियो ।