काठमाडौं । कोरोना महामारी खटिएका स्वास्थ्यकर्मीको लुम्बिनी सरकारले व्यवस्थापन गरेको छ । सरकारले अस्थायी दरबन्दी बनाई उनीहरुको व्यवस्थापन गरेको हो ।
दरबन्दीबिहिन अवस्थामा रहेका उनीहरुको लामो समयदेखि पारिश्रमिक पाएका थिएनन् ।
मुख्यमन्त्री लीला गिरीको निर्देशनसँगै स्वास्थ्यकर्मीलाई प्रोत्साहनसहित व्यवस्थापन गर्ने निर्णय भएको स्वास्थ्यमन्त्री विष्णु पन्थीले बताए “कोरोना महामारीको समयमा जोखिम लिएर स्वास्थ्य सेवामा खटिनुभएका स्वास्थ्यकर्मीलाई निराश बनाउने कुरा भएन, त्यसैले अस्थायी रुपमै भए पनि तत्काल व्यवस्थापन गर्नेगरी काम गरेका हौँं”, मन्त्री पन्थीले भने।