काठमाडौ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालले आँखा उपचारको क्षेत्रमा प्रदान गर्ने सेवाले विश्वमा नै चर्चा कमाएको बताए।
सोमबार नेत्रज्योति दिवसको अवसर आयोजित कार्यक्रममा बोल्दै उनले नेपाललाई आँखा उपचारको उत्कृष्ट गन्तव्यका रुपमा विकास गर्नका लागि आफूले सक्दो सहयोग गर्ने वचन दिदैं नेपालको आँखा उपचार सेवा विश्वमा नै प्रशंसा गर्न लायक भएको बताएका हुन्।
नेपाल नेत्रज्योति संघले 'हाम्रो कर्तव्य ,हाम्रो जिम्मेवारी आँखा सेवामा साझेदारी' भन्ने नारासहित ४५ औं नेत्रज्योती दिवस सोमबार आफ्नो स्थापना दिवस मनाएको हो ।
वि. सं २०३५ साल चैत्र १३ गते आजैका दिन स्थापना भएको यस संस्थाले नेपालका ९० प्रतिशत मानिसहरुमा सस्तोमा स्वास्थ्य सेवा दिदैं आइरहेको छ। हाल नेपालको सबै क्षेत्रहरुलाई समेट्ने लक्ष्यका साथ संघ अन्तर्गत २७ आँखा अस्पताल,१५० भन्दा बढी आँखा उपचार केन्द्र तथा ४४ जिल्लाहरुमा यसको शाखा स्थापना भएको छ।
यस संस्थाले पूर्व मेची देखी पश्चिम महाकालीसम्म नै गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिनका लागि अग्रणी भूमिका खेल्दै आइरहेको छ।