काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको अतिरिक्त सचिवमा दुई जनाको बढुवा भएको छ ।
मन्त्रीपरिषद्को बैठकले केही समय अगाडि बढुवाका लागि सिफारिस गरेका ३ जना मध्ये डा विकास देवकोटा र डा टंक बाराकोटीलाई बढुवा गर्ने निर्णय गरेको हो ।
मन्त्रालयको रिक्त १२ औं तहका लागि २१ जनाले आवेदन दिएका थिए। तीमध्ये बढुवा समितिले डा देवकोटा, डा बाराकोटी र डा श्रीकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको थियो।
सरकारले बढुवाको निर्णयअनुसार उनीहरुलाई पत्र भने दिइसकेको छैन ।