काठमाडौं । औषधि व्यवस्था विभागले सूचना जारी गर्दै ३६ वटा नयाँ औषधि दर्ता हुने जनाएको छ ।
औषधि सल्लाहकार समितिको गत १२ पुसमा बसेको बैठकले नयाँ औषधि तथा समिश्रणहरू अनुमोदन गरी प्रक्रिया पुरा गरेर विभागलाई परामर्श दिएपछि विभागले दर्ता प्रक्रिया अघि बढाएको हो।
विभागका महानिर्देशक भरत भट्टराईले आइतबार सूचना जारी गर्दै दर्ता हुनसक्ने नयाँ औषधिको सूची सार्वजनिक गरेका छन्।
