काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकका स्वास्थ्य समस्या सम्बोधन गर्नका लागि आजदेखी टेलिमेडिसिन सेवा सुरु गर्ने भएको छ ।
वैदेशिक रोजगार बोर्डका अनुसार यस सेवाले विदेशमा रहेका श्रमिकहरुलाई स्वास्थ्य समस्याको समाधान तथा परामर्श दिने गर्छ । सार्वजनिक बिदाका दिनबाहेक अन्य दिनमा १० बजेदेखी ५ बजेसम्म यस्तो सेवा प्रदान गरिने छ ।
बिरामी श्रमिकहरुलाई परामर्श गरी सातामा दुई दिन विशेषज्ञ सेवा समेत प्रदान गरिने छ । नेपाली श्रमिकले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, ह्वाट्सएप वा इमोलगायत सामाजिक सञ्जालबाट फोन गर्न सक्नेछन्।