काठमाडौं । केन्द्रीय आयुर्वेद विद्यापीठले करारमा नियुक्तिका लागि लिएको परीक्षाको नतिजा प्रकाशित गरेको छ । नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत रहेको उक्त अध्ययन संस्थानले उपप्राध्यापकलाई करारलाई नियुक्तिका लागि केही समय अगाडि परीक्षा लिएको थियो ।
विभिन्न १० विषयमा नाम निकाल्नका लागि सफल भएका उम्मेदवारहरुको नतिजा प्रकाशित गरेको हो । नाम निकाल्न सफल परीक्षार्थीहरुलाई अन्र्तवार्ता पश्चात् छनौट गरिने छ ।
