काठमाडौं । आज बिहान बसेको गठबन्धनको बैठक पुन निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठक भागबण्डा नमिलेपछि निष्कर्षविहीन भएर फेरि दिउँसो ३ बजे बस्ने बताइएको छ ।
बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भए पनि सहमति भइनसकेको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।मंगलबार पनि कांग्रेसले ८ मन्त्रालय, जसपा र नेकपा एसले ३–३ मन्त्रालय पाउनैपर्ने अडान राखेपछि बैठक निष्कर्षविहीन बनेको थियो ।
स्वास्थ्यमन्त्रीका रुपमा नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल आउने भनिएपनि अझै टुंगो भने लागेको छैन ।