काठमाडौं । वीरगञ्जको नारायणी अस्पतालमा १५ वटा डायलासिस् मेसिन सहितको अत्याधुनिक डायलासिस् कक्षको स्थापना गरिएको छ ।
सिद्धार्थ बैंकले डायलासिस् कक्ष स्थापनाका लागि राउन्ड टेबल नेपालसँग गरेको सम्झौता अनुरुप उक्त डायलासिस् कक्ष स्थापना भएको हो । सम्झौता अनुसार सिद्धार्थ बैंकले डायलासिस् कक्ष स्थापनाका लागि ५५ लाख नगद प्रदान गरेको थियो ।
१५ वटा डायलासिस् मेसिन सहित उक्त कक्ष निर्माण गरिएको अस्पताल प्रशासनले जनाएको छ । २ वटा इमर्जेन्सी डायलायसिस र एउटा एचआईभी, हेपाटाइटीस बी र हेपाटाइटीस सीबाट संक्रमित मृगौला रोगीहरुको डायलायसिसका लागि प्रयोग गरिने अस्पतालले जनाएको छ ।