काठमाडौं । रौतहट गुजराका २६ वर्षिया एक युवकको पेटभित्र रहेको रक्सीको बोतल शल्यक्रियाद्वारा निकालिएको छ।
नुर्साद मन्सुरी नाम गरेको ती युवकको पेटभित्र रहेको बोतल निकाली सफल शल्यक्रिया गर्न चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजका चिकित्सक सफल भएका हुन्।
गम्भीर अवस्था उनलाई फागुन २५ गते अस्पताल ल्याइएकोमा हिजो मात्रै उनको डिस्चार्ज गरिएको उपचारमा संलग्न चिकित्सक बताउँछन् । उनलाई पुन एक महिनापछि फ्लोअप उपचारका लागि बोलाइएको छ।