काठमाडौं । सरकारी अस्पतालहरुमा कार्यरत्त डाक्टरहरुले सहमति बिना नै निजी स्वास्थ्य संस्थामा काम गरेको पाइएकोमा स्वास्थ्य तथा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।
मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै यसरी सहमति बिना नै निजी स्वास्थ्य संस्थाहरुमा काम गर्ने चिकित्सकलाई कार्वाही हुने भन्दै चेतावनी दिएको छ।
चिकित्सकहरुको यस्तो कार्य नेपाल स्वास्थ्य सेवा ऐन २०५३, नियमावली २०५५, जनस्वास्थ्य ऐन २०७६,तथा नियावली २०७७, नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४ को नियम २२ विरुद्ध हुने बताउँदै मन्त्रालयले यस्तो गरेको पाइएमा कार्वाही हुने बताएको हो।
