काठमाडौं । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिएसी नर्सिङ तथा बिएनएसको पढाई हुने भएको छ ।
चिकित्सा शिक्षा आयोगले लिएको एकिकृत प्रवेश परीक्षामा उतीर्ण भएका विशेषगरी पश्चिम क्षेत्रका विद्यार्थीहरुले यहाँ पढ्न पाउने भएका छन् ।
अनुकुल शैक्षिक वातावरण, पर्याप्त पूर्वाधार रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुणस्तरिय जनशक्ति उत्पादन हुने प्रतिष्ठानको दाबी छ ।