काठमाडौं । नेपाल क्यान्सर सपोर्ट ग्रुपको आयोजना तथा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको सहकार्यमा तेस्रो -याम्प शो हुने भएको छ ।
आगामी चैत २३ गते बिहीबार उक्त शो हुन लागेको जानकारी आज भएको पत्रकार सम्मेलन मार्फत् दिइएको हो ।
उक्त शोमा ६० जना क्यान्सर विजेताहरुको सहभागिता रहने नेपाल क्यान्सर हस्पिटलको निर्देशक स्वरुपा श्रेष्ठले बताईन् । उनका अनुसार क्यान्सर रोग लाग्नु मृत्युको मुखमा पुग्नु हो भन्ने भ्रमलाई चिर्नका लागि -याम्प सो फलदायी हुनेछ । क्यान्सर सचेतनाका लागि यस प्रकारको शो ज्यादै नै महत्वपूर्ण रहेको उनको भनाई थियो ।
ललितपुरको कुपन्डोलस्थित होटल हिमालयमा उक्त शो अपरान्ह् ४ बजेदेखी ८ बजेसम्म हुनेछ । यसअघि पनि पनि नेपाल क्यान्सर सर्पाेट ग्रुपले दुई पटक नेपाल क्यान्सर हस्पिटलसँगको सहकार्यमा -याम्प शो सम्पन्न गरेको थियो ।