काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत कर कोष कार्यालयद्वारा धुम्रपान र सूर्तीजन्य पदार्थको सेवनको हानीबारे सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
कर कोष कार्यालयद्वारा साझा अभियान नेपालको प्रस्तुतिमा धुम्रपान र सूर्तीजन्य पदार्थको रोकथामका लागि शुक्रबार र शनिबार सडक नाटक देखाइएको हो ।
उक्त नाटक पाटन दरबारको महारानी पोखरी,जावालाखेलको सदर चिडियाखाना,ललितपुरको खोकना,शंखमुल सुकुम्बासी बस्ती तथा कोटेश्वरको महादेव स्थान लगायतका स्थानहरुमा उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको थियो ।
करिब ५ सय जनाका दर्शकहरुको सहभागिता रहेको उक्त नाटकमा अन्जना शर्मा ,राधा श्रेष्ठ,जंगदिश अधिकारी,रोहित कार्की ,सीता आचार्य लगायतले प्रस्तुती दिएका थिए ।
