काठमाडौं । मुलाको स्वाद धेरैलाई मन नपर्न पनि सक्छ । धेरैले मुला खाएपछि स्वासको गन्ध नराम्रो हुने भन्दै परहेज गर्छन् । तर मुला खानु स्वास्थ्यका लागि अति फाइदा युक्त छ ।
विशेष गरी हिउँदमा मुला प्रस्तत मात्रामा पाइन्छ । तर वर्षभरि मुला पाउन त्यति मुस्किल हुँदैन । हिउँदमा त ग्रामीण क्षेत्रका प्रायः हरेक घरमा मुला फलेको हुन्छ । यस्तै शहर बजारमा पनि सस्तो र सुलभ रुपमा पाइन्छ । मुलामा विभिन्न भिटामिन तथा फाइबर हुन्छन् ।
मुला पायल्सका लागि अचुक औषधि मानिन्छ । नियमित मुला खाएमा पायल्सको जोखिमसमेत कम गर्छ ।
-यसमा पाइने डाइट्री फाइबर्सका कारण दिसालाई मुलायम बनाउँछ । पाचन प्रक्रिया राम्रो गर्छ । शरीरमा हुने जलनलाई समेत कम गर्न सहयोग गर्छ ।
-मुलामा पानीको मात्रा प्रशस्त पाइन्छ । यसले शरीरमा पानीको आपूर्ति गर्नुका साथै मिर्गौलाजन्य रोगको जोखिम घटाउँछ ।
-मुलामा ज्यादै कम मात्रामा मात्र क्यालोरी र फाइबर पाइने भएकाले तौल नियन्त्रण गर्न सहयोग पुर्याउँछ ।
-मुलाको नियमित सेवनले इन्सुलिनको मात्रालाई नियन्त्रण गर्छ । यसले शरीरमा चिनीको मात्रा नियन्त्रण गर्ने भएकाले मधुमेह रोगीका लागि समेत यो फाइदाजनक हुन्छ ।
-मुलामा भिटामिन ए, बी र सी पर्याप्त मात्रामा पाइन्छ । यसले आँखाको रोशनी बढाउन सहयोग गर्छ ।