काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमहरू भजनमण्डली बन्न नहुने बताएकी छिन् । सोमबार रेडियो नेपालको ७३औँ स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री शर्माले कुनै पनि सञ्चारमाध्यमहरू भजनमण्डली बन्न नहुने बताएकी हुन् ।
उनले कतिपय सञ्चारमाध्यमहरू सरकारका तर्फबाट पनि सञ्चालन भइरहेको उल्लेख गर्दै सञ्चारमाध्यम भजनमण्डली हुनु हुँदैन भनेर नै सैद्धान्तिक मान्यताअनुसार प्रशारण ऐन संसदमा प्रस्तुत भएको बताइन् ।
सञ्चारमन्त्री शर्माले प्रशारण ऐन पारित भइसकेपछि सञ्चारमाध्यममा नयाँ वातावरण सिर्जना हुने बताइन् । उनले सरकारले आम सञ्चार ऐन र मिडिया काउन्सिल ऐन पनि संसदमा प्रस्तुत गर्ने तयारी गरिरहेको बताइन् । मन्त्री शर्माले अहिले पनि सबै क्षेत्रमा इन्टरनेटको पहुँच विस्तार गर्न नसकेको बताइन् ।