काठमाडौं । पछिल्लो केही दिनयता कोरोना संक्रमितहरुको संख्या बढिरहेको छ । शुन्यमा झरिसकेको कोरोना संक्रमितको संख्या केही दिनयता बढिरहेको हो ।
नेपालमा पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या बढ्नुका साथै ओमिक्रोनका ९ वटा सवभेरियन्ट सक्रिय रहेको पाइएको छ। जसमध्ये पनि पछिल्लोपटक भेटिएको एक्सबीबी.१.१६ सबैभन्दा धेरै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसरी कोरोनाका नयाँ नयाँ भेरियन्ट बढेसँगै सचेत रहनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैमा आग्रह गरेको छ । कोरोनाको बुस्टर डोजको अभियानलाई तीव्र बनाउनुपर्नेमा समेत मन्त्रालयले जोड दिएको छ ।
