काठमाडौं । अस्पतालको विरोध गर्दै निजामती अस्पतालका कर्मचारीहरुले दिएको रिटमा पाटन जिल्ला अदालतले अन्तरिम आदेश दिनका लागि अस्वीकार गरेको छ।
उच्च अदालतका न्यायाशीयहरु ध्रुवराज नन्द र दिपेन्द्रबहादुर बमको संयुक्त इजलासले अन्तरिम आदेश दिनका लागि अस्वीकार गरेको छ ।
सिभिल अस्पतालमा स्थायी पदका लागि लोकसेवा आयोगले गत फागुन ३० गते विज्ञापन खुलाएको थियो। उक्त विज्ञापन सर्वोच्च अदालतले २०७९ जेठ ३१ गते दिएको आदेशको मर्मवीपरीत रहेको जिकिर गर्दै अस्पतालका कर्मचारीहरुले उक्त विज्ञापन रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दर्ता गरेका थिए।
त्यसको विरोधमा कर्मचारीहरुले विभिन्न समयमा विभिन्न प्रकारका आन्दोलन पनि गर्दै आइरहेका छन् ।