काठमाडौं । गर्मी महिना सुरु भएसंगै पुनः डेंगी संक्रमण देखिन थालेको छ ।
केहि दिन देखि सुरु भएको बर्षा र बढ्दो गर्मीका कारण आगामी दिनमा डेंगी थप फैलिने सम्भावना रहेको चिकित्सकहरुले बताएका छन् ।
गर्मी महिनामा डेंगी फैलाउने लामखुट्टे सक्रिय हुने भएकाले स्वास्थ्यका मापदण्ड अनिर्वाय पालना गर्न चिकित्सकले आग्रह गरेका छन् ।
चिसो मौसममा केहि मत्थर भएको डेंगी गर्मी सुरु भएसँगै पुनः शुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङकले देखाएको छ ।
फागुन यता गरीएको परीक्षण अनुसार देशभर ३ सय भन्दा धेरै डेंगी संक्रमित भेटिएका छन् । यस अवधिमा ४५ जिल्लाका १ सय १५ वटा पालिकामा डेंगी संक्रमण देखा परेको छ ।
फागुन यताको तथ्याङक हेर्दा सबैभन्दा धेरै काठमाडौँ उपत्यकामा ५० र दार्चुलामा ४० जनामा डेंगी संक्रमित पुष्टि भएका छन् ।
डेंगी फैलाउने लामखुट्टे दिनमा बढि सक्रिय हुने भएकाले दिउँसोको समयमा विषेश सावधानी अपनाउन विज्ञले सुझाव दिएका छन् ।