काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालले जनस्वास्थ्यका केही क्षेत्रमा नमुनाका रुपमा सफलता हांसिल गरेको छ । ७५ औं स्वास्थ्य सेवा दिवसको अवसरमा भिडियो सन्देश दिदैं प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
उनले स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि संरचनागत सुदृढीकरण र गुणस्तरीय जनशक्तिको व्यवस्थापनसमेत आवश्यक रहेको बताए ।
संविधानले निदृष्ट गरेको आधारभूत स्वास्थ्य सेवा निःशुल्क बनाउने प्रतिवद्धतामा सरकार अडिग रहेको र स्वास्थ्य सेवालाई गुणस्तरीय र सबैको पहुँचमा पुर्याउन प्राथमिक स्वास्थ्य सेवालाई विस्तार गरी सर्वव्यापी पहुँच स्थापना गर्न जोड दिने सरकारको लक्ष्य रहेको बताए।
‘महामारी तथा प्रकोपमा प्रभावकारी प्रतिकार्यको लागि स्वास्थ्य प्रणालीलाई सुदृढ गर्न लागि परेका छौं,’ उनले भने, ‘नसर्ने रोग नियन्त्रण तथा रोकथाममा पनि लागिरहेकै छौं।’