काठमाडौं । तराईका केही जिल्लाका पशुहरुमा २ वर्ष अगाडि देखिएको लम्पी स्किन रोग अर्थात् छालामा हुने गिर्खे रोग देखिएको छ ।
पूर्वी तराईका सुनसरी तथा मोरङ जिल्लाका केही स्थानमा झिँगा तथा लामखुट्टेको टोकाइबाट लाग्ने यस्तो समस्या देखिएको हो ।
यो रोग लाग्दा पशु चौयायाको घाँटी, पुच्छर वरिपरिको भाग, पेट, थुन लगायत शरीरका भागमा गिर्खा देखिने, गिर्खा घाउ बन्ने र फुटेर पानी बग्ने लक्षण देखिन्छन । यस्तो समस्या देखिदाँ पशुहरुमा अत्याधिक मात्रामा ज्वरो समेत आउने गर्छ।