काठमाडौं । नेपालको सुदुरपश्चिम प्रदेशमा कूल जनसंख्याको १९ प्रतिशत मानिसले मात्रै स्वास्थ्य बिमा गराएका छन् ।
बिमा बोर्ड कार्यालय सुदूरपश्चिमको तथ्यांक अनुसार २६ लाख ९४ हजार सात सय ८३ जनसंख्या रहेकोमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको सात वर्षमा चार लाख ९९ हजार छ सय २८ नागरिकले स्वास्थ्य बीमा गराएका छन् ।
जनचेतनाको अभाव, पर्याप्त स्रोत साधनको अभाव, स्थानीय तहसँग समन्वय नहुनु, स्वास्थ्य प्रदायक संस्थाले प्रदान गर्ने सेवामा कमजोरी लगायतका कारण सुदुरपश्चिम प्रदेशमा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी हुन नसकेको हो ।