काठमाडौं । आगामी चैत्र २८ र २९ गते हुन लागेको नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचनमा रशायन तथा मेडिकल आपुर्तीसंघ नेपाल (केमसान)का अध्यक्ष भक्त हमालले केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
कोभिड महामारी तथा त्यसबाट सिर्जित समस्याको समाधानमा आफूले दिएको योगदान नै चुनाव जित्ने आधार भएको उनले बताए । उनले बरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार उमेशलाल श्रेष्ठ समुहबाट सदस्य पदमा उम्मेद्वारी दिएका हुन।
निर्वाचित भएपछि स्वास्थ्य क्षेत्रमा थुप्रै नीति निर्माण गर्नुपर्ने आवश्यकता रहेकाले त्यसमा बढी लबीङ गर्ने उनको प्रमुख एजेन्डा भएको दाबी छ । उनी विगत लामो समयदेखी स्वास्थ्य क्षेत्रमा काम गरिरहेका छन् ।