काठमाडौं । कैलालीको मालाखेती अस्पतालमा उपचारका क्रममा सुत्केरी मृत्यु भएपछि अस्पताल क्षेत्र तनावग्रस्त भएको छ ।
गोदावरी नगरपालिका अत्तरिया बस्दै आएकी २८ वर्षिया लक्ष्मी भट्टराईको आज बिहान मृत्यु भएपछि आफन्तले चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै अस्पताल घेराउ गरेका हुन्।
बच्चा जन्मने क्रममा पाठेघरमा हुने पानी फोक्सोमा पुगेपछि उनको मृत्यु भएको अस्पताल प्रशासनले बताउँदै आएको छ । एक्कासी समस्या देखिएपछि उनको आज बिहान मृत्यु भएको थियो ।