काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अझै केही दिन कोरोना संक्रमण बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयका सह प्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार पछिल्लो केही दिन यता कोरोना संक्रमणको अवस्थालाई हेर्दाे अझै केही दिन संक्रमणको ग्राफ बढ्ने देखिन्छ ।
मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण केही दिन अझै बढ्ने भएकाले कोरोना भाइरस विरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ ।