काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठको काण्डबारे छालबिन गर्न उक्त पार्टी अनुशासन आयोगको बैठक बस्ने भएको छ ।
रास्वपाका समानुपातिकबाट सांसद बनेका श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आफू मन्त्री बन्न दुई करोड घुस मागेको अडियो काण्डबारे छानबीन गर्न आज अनुशासन आयोगको बैठक बस्न लागेको हो ।
आइतबार रास्वपाले अडियो प्रकरणबारे सत्यतथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचारण समितिलाई निर्देशन दिएको थियो । श्रेष्ठले सोमबार स्पष्टीकरण बुझाइसकेका छन्।