काठमाडौं । कानुनविपरीत सञ्चालन भएका रौतहटका चार औषधि पसल औषधी व्यवस्था विभाग वीरगन्ज शाखाले सिलबन्दी गरेको छ ।
महादेव सेन्ट्रल हस्पिटलको फार्मेसी, शान्ति सेन्ट्रल हस्पिटलको फार्मेसी, श्री मौलापुर पोलिक्लिनिक र रोशनी सर्जिकल फार्मेसी कानुन विपरीत चलेको पाइएकोमा औषधी व्यवस्था विभागले जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको सहयोगमा सिलबन्दी गरेको हो ।