काठमाडौं । चितवनस्थित भरतपुर अस्पतालले अस्पतालका नाममा कोरोनाको नक्कली रिपोर्ट फेला पारेको छ । अस्पतालको आधिकारिक कागजपत्र सहित कोरोना परीक्षणको नक्कली रिपोर्ट फेला परेको हो ।
अस्पतालले उक्त कार्यको जानकारी जिल्ला प्रहरी कार्यालयलाई दिइसकेपछि अनुसन्धान गरिने भएको छ । अस्पतालले करिब दुई महिना अगाडिदेखी नै कोरोनाको पिसिआर परीक्षण रोकिसकेको अवस्थामा नक्कली रिपोर्ट फेला परेपछि अनुसन्धान गरिने भएको हो ।