एजेन्सी । भारतमा पछिल्लो केही सातादेखी कोरोना संक्रमण ह्वातै बढेको छ । भारतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय भारतमा कोरोना संक्रमणको दर बढेको हो।
मंगलबार देशभर ५ हजार ६७६ नयाँ कोरोना संक्रमित थपिएका छन्। योसँगै पछिल्लो २४ घण्टामा कोरोनाका सक्रिय संक्रमितको संख्या ३७ हजार नाघेको छ।
यस क्रममा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।तीमध्ये केरलामा छ, दिल्ली, पञ्जाब र राजस्थानमा तीन–तीन, कर्नाटकमा दुई र गुजरात, हरियाणा, महाराष्ट्र, तमिलनाडुमा एक–एक जनाको मृत्यु भएको हो।
देशमा कोरोनाबाट कुल मृत्यु हुनेको संख्या ५ लाख ३१ हजार पुगेको छ।स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म २ करोड २० करोड ६ लाख डोज कोरोना भ्याक्सिन जनतालाई दिइएको छ।