काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २ हजार ४ सय ३६ नमुना परीक्षणका क्रममा १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सोही समयमा कोरोना संक्रमणबाट १ संक्रमितको मृत्यु भएको छ , भने ४८ संक्रमित निको भएका छन् । हाल देशभर कोरोनाका संक्रिय संक्रमितको संख्या ४६९ रहेको छ ।