काठमाडौं । नेपाल मेडिकल काउन्सिलको ६५ औै लाइसेन्स परीक्षा आगामी जेठ १७ ,१८ र १९ गते हुने भएको छ ।
मेडिकल काउन्सिलको कार्यालय बाँसबारीले आज बुधबार एक सुचना जारी गर्दै उक्त परीक्षाबारे जानकारी दिएको हो । परीक्षामा सहभागि हुनका लागि वैशाख ४ गतेदेखि जेठ ४ गतेसम्म आवेदन फर्म भर्न सकिने सुचनामा उल्लेख छ ।
काउन्सिलले २०८० मा लिइने परीक्षाको वार्षिक कार्यतालिका समेत प्रकाशन गरेको छ ।
