काठमाडौं । पछिल्लो २४ घण्टामा १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३ सय ७७ नमुना परीक्षणमा १२१ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ।
एक हजार ७ सय ५७ जनाको एन्टीजेन विधिबाट र ६२० जनाको आरटीपीसीआर विधिबाट नमुना परीक्षण गरिएको थियो।
पछिल्लो २४ घण्टामा ८१ जना कोरोनाका बिरामी निको भएका छन्। हाल सक्रिय संक्रमितको संख्या ४४५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।