काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजि श्रेष्ठले स्वास्थ अनुसन्धानको क्षेत्रमा राज्यले लागानि अभिवृद्धि गर्ने बताएका छन्। नवौ स्वास्थ्य तथा जन्सन्ख्या बैज्ञानिकहरुको नवौं राष्ट्रिय सिखर सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले सो बताएका हुन ।
स्वास्थ्य क्षेत्रमा गरिने विभिन्न प्रकारका अध्यन अनुसन्धान र खोजले सरकार लाइ स्वास्थ्य निति बनाउनका लागि सहयोग पुर्याउने मन्त्री श्रेष्ठको बिश्वास थियो । स्वास्थ्य अनुसन्धान को क्षेत्रमा स्वास्थ्य अनुसन्धान परिषद ले खेलेको भुमिका उल्लेखनीय भएकोमा उनले प्रसंशा गरे ।
अनुसन्धान परिषद् ले खेलेको नेतृत्वदायी भुमिकाका कारण नेपाल को स्वास्थ्य क्षेत्रले प्रगति गरेको उनको दाबी थियो। देश संघीयता मा गए संगै प्रदेश र स्थानीय तहमा समेत अनुसन्धान को कार्य बढेको उनको भनाइ थियो । स्वास्थ्य क्षेत्रमा अनुसन्धान भएकै कारण शिशु मृत्युदर र बालबालिका मृत्युदरमा दिगो बिकासको लक्ष्य प्राप्त भएको उनको धारणा थियो।