चुकन्दर स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसलाई सलादको रूपमा खाइन्छ। यसको प्रयोगले कलेजो बलियो हुन्छ । यदि यसको जुस पियोभने, यसले तपाईंको कलेजो स्वस्थ राख्न धेरै मद्दत गर्दछ। यसमा प्रचुर मात्रामा एन्टि–अक्सिडेन्ट र एन्टी–इन्फ्लेमेटरी गुणहरू छन् जसले कलेजोलाई कुनै पनि प्रकारको क्षतिबाट बचाउन काम गर्दछ। त्यसैले पनि चुकन्दरको सेवन गर्नुपर्छ।
आवश्यक सामग्री
९० ग्राम फ्रेस चुकन्दर (बिटरुट)
६ ग्राम धनियाँ पत्ता
अत्यन्तै सानो टुक्रा डल्ले खुर्सानी
एक चिम्टी भुटेको जिराको धूलो
२० मिलिलिटर मह
२० मिलिलिटर कागतीको जुस
थोरै पानी
विधि :
सफा पारेर धोएको ब्लेन्डर माथि उल्लिखित सम्पूर्ण सामग्री हालेर राम्ररी ब्लेन्ड गर्ने । सबै सामग्री राम्ररी मिसाएर जुस बनिसकेपछि यसलाई वाइन ग्लासमा हाल्ने । त्यसपछि ग्लासको माथि हार्ट सेपमा कटिङ गरिएको बिटरुटले गार्निस गर्ने । गर्मी मौसममा स्वास्थ्यका लागि निकै फलदायी यो पेय अब सर्भ गर्नका लागि तयार छ । स्वास्थ्यवर्द्धक यो पेय पदार्थले लिभर र किड्नीलाई राम्रो गर्छ ।