काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचनमा रशायन तथा मेडिकल आपुर्तीसंघ नेपाल (केमसान)का अध्यक्ष भक्त हमाल वस्तुगत सदस्यतर्फ निर्वाचित भएका छन् । उनीसहित १४ जना वस्तुगत सदस्यतर्फ निर्वाचित भएका हुन् ।
हमालले ७२ मत ल्याउँदै जित हासिल गरेका हुन्। हमाल यसअघि पनि सदस्यमा विजयी भएका थिए।
निर्वाचित भएपछि स्वास्थ्य क्षेत्रमा थुप्रै नीति निर्माण गर्नुपर्ने आवश्यकता रहेकाले त्यसमा बढी लबीङ गर्ने उनले बताउँदै आएका छन् ।