काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कलेजो प्रत्यारोपणका क्रममा मृत्यु भएका बिरामीको परिवारलाई क्षतिपूर्ति दिनका लागि स्वास्थ्य मन्त्रालयसँग २० लाख रुपैंया माग गरेको छ ।
कलेजो प्रत्यारोपणका क्रममा गत असार २२ गते मृत्यु भएका काभ्रेका कुमार लामाको परिवारलाई क्षतिपूर्तिका लागि २० लाख रुपैया उपलब्ध गराउने सहमति प्रत्यारोपण केन्द्रले गरेको थियो ।
उक्त सहमति पछि प्रत्यारोपण केन्द्रको विकास समितीको बैठकले निर्णय गरेर रकम उपलब्ध गराउनका लागि अर्थ मन्त्रलायमा पत्र पठाएको थियो । अर्थ मन्त्रालयले उक्त पत्र आफ्नो मन्त्रालय मातहतको नभएको भन्दै फिर्ता पठाएको थियो ।
अर्थ मन्त्रालयबाट पत्र फिर्ता भएपश्चात् २० लाख रुपैंयाको मागसहितको उक्त पत्र स्वास्थ्य मन्त्रालयमा आइपुगेको हो ।